PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सरकारले वेवास्ता गरेको भन्दै चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा, आइतबार आकस्मिकबाहेक अस्पताल बन्द



पहिलोपोस्ट

सरकारले वेवास्ता गरेको भन्दै चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा, आइतबार आकस्मिकबाहेक अस्पताल बन्द

काठमाडौँ : नेपाल चिकित्सक संघले भदौ १७ गते आइतबार देशभरका अस्पतालमा  आकस्मिक बाहेकका अन्य सेवा ठप्प पार्ने भएको छ। सरकारलाई मुलुकी ऐन संशोधन गर्न १५ दिनको अल्टिमेटम दिएको संघले सरकारले १५ दिनसम्म कुनै कदम नचालेकाले सांकेतिक विरोध गर्न लागेको जनाएको छ।

सोही दिन संघले १२ बजे माइतीघर लगायत अन्य विभिन्न स्थानमा विरोध पर्दशन गर्ने जनाएको छ।
 
त्यस्तै संघले  भदौ १८ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने जनाएको छ।

यस्ता छन संघका आन्दोलनका कार्यक्रम

१) २०७५ भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने । 

२) २०७५ भाद्र १९ गते मंगलबार देखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने।

३) २०७५ भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने। 

४) २०७५ भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याबतथा रेडियोलोजी सेवाहरु बन्द गर्ने ।

५) २०७५ भाद्र २२ गते शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell