PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ट्रम्पको चेतावनीदेखि भारतमा सुरक्षाकर्मीका अपहरित परिवारसम्म : विश्वमा आज



पहिलोपोस्ट

ट्रम्पको चेतावनीदेखि भारतमा सुरक्षाकर्मीका अपहरित परिवारसम्म : विश्वमा आज

ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व व्यापार संगठन(डब्लुटीओ) बाट बाहिरिने चेतावनी दिएका छन्। डब्लुटीओले अमेरिकालार्इ पक्षपातपूर्ण व्यवहार गरिरहेको र उक्त व्यवहारमा  परिवर्तन नभए अमेरिका बाहिरिने ट्रम्पले बताएका हुन्। ट्रम्पले '१९९४ मा डब्लुटीओ स्थापना गर्ने सम्झौता हालसम्म कै खराब व्यापार सम्झौता' रहेको बताएका छन्। विश्वभर व्यापार सम्बन्धी नियम बनाउन र देशहरुबीच हुने विवाद समाधान गर्नका लागि डब्लुटीओलेको स्थापना भएको थियो। गत वर्ष मात्र ट्रम्पले डब्लुटीओ सबैको हितकालागि स्थापना भएता पनि डब्लुटीओले नीति नियम बाहिर गएर काम गर्दै आएको बताएका थिए। 

प्रहरीका परिवार अपहरणमा 

भारतको दक्षिण कश्मीरका विभिन्न क्षेत्रहरुमा आतंकवादीहरुले सात प्रहरीका परिवारका सदस्यहरुलार्इ अपहरण गरेको सुरक्षा अधिकारीले जनाएका छन्। अधिकारीहरुका अनुसार हाल सम्म आतंकवादीहरुले एघाह्र जनालार्इ अपहरण गरिसकेका छन्। अपहरणमा परेकाहरु सबै जना जम्मू कश्मीर पुलिसमा काम गर्ने प्रहरीका परिवारका सदस्य रहेको बताइएको छ। भारतको राष्ट्रिय जाँच एजेन्सीले आतंकवादी सैयद सलाहुद्दीनको छोरालार्इ पक्राउ गरे पश्चात यो घटना भएको बताइएको छ। प्रहरी प्रवक्ताले उक्त घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। उक्त घटनाका कारण हाल कश्मीरमा बसोबास गर्जे प्रहरीका परिवारहरु त्रसित भएको बताइएको छ।


जापानको प्रतिरक्षा बजेटमा 

जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ। अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट आवश्यक रहेको जनाएको छ। जापानको प्रतिरक्षा बजेटमा विगत सात वर्षदेखि लगातार वृद्धि भइरहेको छ। गतवर्षको तुलनामा रक्षा बजेटमा यस पटक २.१ प्रतिशत थप वृद्धि गरिएको हो। 

न्यु मेक्सिकोमा  दुर्घटना

अमेरिकाको न्यु मेक्सिकोमा रहेको एरिजोना क्षेत्रमा ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा सात जना भन्दा बढीको मृत्यु भएको छ। दुर्घटनाग्रस्त बसमा ४९ व्यक्ति सवार रहेका थिए। दुई सवारी साधन विपरीत दिशाबाट गुडिरहेको बेला ठोक्किन पुगेका थिए। यसले बसलाई बढी क्षति पुगेको र बसका यात्रु प्राय सबैजसो घाइते भएका बताइएको छ। घाइतेमध्ये अधिकांश व्यक्तिको अवस्था गम्भीर रहेको बताइएको छ।

राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघका मानव अधिकार अधिकारीहरुले चीनलार्इ उइघुरर्स मसुलमानहरुका लागि संचालन गरिएको राजनीतिक शिक्षा क्याम्प बन्द गर्न भनेको छ। यस्तै आतंकवाद नियन्त्रण गर्ने नाममा पक्राउ गरिएका व्यक्तिहरुलार्इ समेत छिट्टै रिहा गर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको जातीय भेदभाव उन्मूलन गर्ने संस्थाका अनुसार हजारौंको संख्यामा उइघुरर्स मसुलमानहरुलार्इ पक्राउ गरिएको हुनसक्ने बताइएको छ। चीनले भने संयुक्त राष्ट्रसंघले लगाएको आरोपको खण्डन गरेको छ। चीन विरुद्ध लागेका तत्वहरुले यस्तो हल्ला फैलाएको चीनले बताएको छ। 

दक्षिण कोरियाली विशेषदूत उत्तर जादैँ

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए-इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन भएका छन्। दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच हुने भनिएको शीर्ष बैठक तथा आणविक निःशस्त्रीकरणका बारेमा पनि छलफल गर्न विशेषदूत प्योङयाङ जान लागेको बताइएको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपतिबीच आणविक निःशस्त्रीकरणका विषयमा हुने भनिएको शिखर बैठक हुन सकिरहेको छैन। 


अष्ट्रेलियाली चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय सुनाएको छ। गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी र्यािलीमा रिक्सटनले ड्रोन प्रयोग गरी तस्बिर खिचेका थिए। क्याम्बोडिया सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप रिक्सटनलाई लगाइएको थियो। रिक्सटनले भने आफूलार्इ लगाइएको आरोप झुटो रहेको बताउँदै आएका छन्। 

बालुवाको मूर्ति

क्यानाडाको टोरोनटोमा क्यानाडियन राष्ट्रिय प्रदर्शनीका क्रममा अन्तर्राष्ट्रिय बालुवा मूर्तिकला प्रतियोगिता भइरहेको छ। त्यसै क्रममा प्रतियोगीहरुलार्इ आफ्नो राष्ट्रको विशेषता झल्कने मूर्ति बनाउन भनिएको थियो। एक प्रतियोगिले आफ्नो राष्ट्रमा सामाजिक संजालको बढ्दो प्रयोगलार्इ आधार मानेर बालुवाको मूर्ति बनाएका थिए।

 तस्विर:AP/AFP/GETTY/PTI/GUARDIAN/RSS
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell