PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कैलालीमा फेरि एक किशोरी बलात्कृत



पहिलोपोस्ट

कैलालीमा फेरि एक किशोरी बलात्कृत

  • महेन्द्र बम-
कैलाली : कैलालीमा फेरि एक किशोरी बलात्कृत भएकी छिन्। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ का ३३ वर्षीय पुरुषले १४ वर्षकी किशोरीलाई बलात्कार गरेको घटना शुक्रबार सार्वजनिक भएको हो।
 
बाजेसँगै बस्दै आएकी किशोरीलाई १३ गते राती सोही ठाउँका हर्क कुँवरले बलात्कार गरेको किशोरीले बताएकी छिन्।
 
पीडित किशोरीका परिवारले शुक्रबार साँझ साढे ६ बजेतिर इलाका प्रहरी कार्यालय सुख्खडमा उजुरी दिए पछि उक्त घटना बाहिरीएको हो।
 
१३ गते घटना भएकोे भए पनि प्रहरीलाइ शुक्रबार मात्रै जानकारी आएकाले छानविनको कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख, प्रहरी निरीक्षक यक्षराज जोशीले बताए।
 
बलात्कारपछि हर्क कुँवर परिवारको सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जोशीले जानकारी दिए। उनले बलात्कृत किशोरीलाई परीक्षण र उपचारका लागि टीकापुर अस्पतालमा लगिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell