PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

युइएफए नेशन्स लिग : रोनाल्डो बिनै पोर्चुगलको टिम घोषणा, अल्बा स्पानिस टिममा अटाएनन्



पहिलोपोस्ट

युइएफए नेशन्स लिग : रोनाल्डो बिनै पोर्चुगलको टिम घोषणा, अल्बा स्पानिस टिममा अटाएनन्

क्रिस्टियानो रोनाल्डोबिनै पोर्चुगलले क्रोएसियासँगको मैत्रीपूर्ण खेल र इटली विरुद्ध हुने युइएफए नेशन्स लिगका लागि टोली घोषणा गरेको छ।

यसै सिजन मात्र इटली गएका रोनाल्डोले पोर्चुगलका लागि सर्वाधिक ८५ गोल गरिसकेका छन्। उनले रसियामा भएको विश्वकपमा ४ खेल खेल्दै ४ गोल गरेका थिए।

रोनाल्डोले पोर्चुगलले खेलेका पछिल्लो २० मैत्रीपूर्ण खेलमध्ये ८ खेल मात्र खेलेका छन्। क्रोएसिया विरुद्धको खेलमा उनलाई आराम दिइएपनि इटली विरुद्ध नेशन्स कपका लागि भने पोर्चुगलको लागि खेल महत्वपूर्ण हुन सक्छ। पोर्चुगलले सेप्टेम्वर १० मा इटली विरुद्ध खेल्दैछ।

नेशन्स लिग युइएफले गर्न नयाँ खालको प्रतियोगिता हो। यसमा युरोपका राष्ट्रहरु विभिन्न चार क्याटेगोरीमा राखेर बढुवा र घटुवा हुने प्रणालीमा खेलाइनेछ।

 

पोर्चुगलको टोली

गोलकिपर : बेटो, क्लाउडिओ रामोस, रुइ प्याट्रिसिओ

डिफेण्डर : सेड्रिक सोएरस, जाओ क्यानसेलो, लुइस नेटो, माउरिओ रुई, पेड्रो मेन्डेस, पेपे, राफेल गुएरेरा, रुबेन डियास

मिडफिल्डर : ब्रुनो फर्नान्डेज, गेडसन फरनान्डेज, पिज्जी, रेनाटो सान्चेज, रुवेन नाभास, सर्जियो ओलिभिएरा, विलियम कार्भाल्हो

फरवार्ड : आन्द्रे शिल्भा, बर्नानर्डो शिल्भा, ब्रुमा, गेल्सन मार्टिनेज, गोन्जालो गुएडेस, रोनी लोपेज
 

 

अल्बा र कोके परेनन्

यस्तै नयाँ प्रशिक्षक लुइस इनरिकेले इग्ल्याण्ड र क्रोएसिया विरुद्ध खेल्नका लागि घोषणा गरेको पानिस टोलीमा डिफेण्डर जोर्दी अल्बा र मिडफिल्डर कोके अटाएनन्। बार्सिलोनाका पूर्व प्रशिक्षक रेहका इनरिकले बार्सिलोनाबाट २ खेलाडी मात्र छनोट गरेका छन्।

स्पेनले क्रोएसियासँग सेप्टेम्वर ११ र इंगल्याण्ड्सँग अक्टवोर १५ मा खेल्दैछ।

प्रिमियर लिगबाट ५ खेलाडीले टोलीमा स्थान बनाउँदा अल्भारो मोराटा, मार्कोस अलोन्सोले कमब्याक गरेका छन्। दुवै खेलाडी विश्वकप टोलीमा परेका थिएनन्। आन्द्रेज इनेष्टा, जेरार्ड पिके र डेभिड शिल्भाले सन्यास घोषणा गरेपछि इनरिकले नयाँ पुराना खेलाडी मिलाएर टिम छनोट गरेका छन्।

 

स्पानिस टोली

गोलकिपर : डेविड डे हेअ, केपा अरिजाबालागा, पा लोपेज

डिफेण्डर : डानी कार्भाजल, नाचो, सर्जियो रामोस, डिएगो लरेन्टे, इनिगो मार्टिनेज, जोस गाया, सेजार अजप्लिकुएटा, मार्कोस अलोन्सो, राउल अल्विओल

मिडफिल्डर : सर्जियो बुस्केट, सर्जी रोवर्टो, रोड्रिगो, सउल निगेज, डानी सेबालोस, थियागो अलकान्टारा, इस्को

फरवार्ड : मार्को असेन्सिओ, डिएगो कोस्टा, रोड्रिगो मोरेनो, अल्भारो मोराटा, सुसो

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell