PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसिया कप छनोट : वर्षाका कारण नेपाल र मलेसियाबीचको खेलमा ढिलाई



पहिलोपोस्ट

एसिया कप छनोट : वर्षाका कारण नेपाल र मलेसियाबीचको खेलमा ढिलाई

काठमाडौँ : एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षा कारण समयमा सुरु हुन सकेन।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने भनिएको खेल वर्षाका कारण पछाडि धकेलिएको छ।

नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। शीर्ष दुईमा पुग्दै फाइनल पुग्न नेपालले बाँकी तीन वटै खेल जित्नुपर्नेछ। पहिलो खेलमा हङकङलाई हराएको मलेसिया दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो।

नेपाल भने पहिलो खेलमा ओमानसँग ७ विकेटले तथा दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell