PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसिया कप छनोट : टस हारेर नेपाल मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन



पहिलोपोस्ट

एसिया कप छनोट : टस हारेर नेपाल मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन
फोटो : एसीसी

काठमाडौँ : एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। वर्षाका कारण ढिलो सुरुवात भएको खेल ३० ओभरमा घटाइएको छ। खेलमा मलेसियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो।

यसअघि दुई खेलमा पराजित भएको नेपालको लागि आजको खेल जित्नैपर्ने दबाब छ। नेपाली टोलीमा आज दुई परिवर्तन गरिएको छ। रोहित कुमार पौडेल र करण केसीको स्थानमा अनिल कुमार शाह र ललित भण्डारीले स्थान बनाएका छन्।

नेपाली इनिङ्सको सुरुवात अनिल शाह र सुबास खकुरेलले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell