PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

एयरपोर्ट भन्सार प्रमुखलाई वीरगंज सरुवा



पहिलोपोस्ट

काठमाडौं : अर्थ मन्त्रालयले वीरगंज भन्सार कार्यालयको प्रमुखमा श्यामप्रसाद भण्डारीलाई सरुवा गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव भण्डारीलाई वीरगंज पठाइएको हो। 

धादिङको प्रमुख जिल्ला अधिकारी रहेका भण्डारीलाई अर्थमन्त्री युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेका थिए। भन्सारमा नयाँ कर्मचारी संरचनाअनुसार वीरगंजमा सहसचिवको दरबन्दी सिर्जना भएपछि भण्डारीलाई त्यहाँ पठाइएको हो। 

भण्डारी वीरगंज गएपछि रिक्त हुने स्थानमा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागका उपमहानिर्देशक गजेन्द्र ठाकुरलाई ल्याइएको छ। 

यसैगरी उपसचिव गोपाल खत्रीलाई वीरगञ्ज भन्सारको उपप्रमुखका रुपमा सरुवा गरिएको छ। वीरगंजमा हाल कार्यरत सेवन्तक पोखरेललाई अर्थ मन्त्रालयमा ल्याइएको छ। उनी दुई वर्षअघि त्यहाँ गएका थिए। 

भन्सारमा सरुवा भए पनि अर्थ मन्त्रालयअन्तर्गत नै आन्तरिक राजस्व विभागको रिक्त उपमहानिर्देशकको भने पदपूर्ति भएको छैन। तत्कालीन उपमहानिर्देशक डा नारायण रेग्मीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएपछि रिक्त स्थानमा पदपूर्ति हुन बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell