PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

रसुवामा करेन्ट लागी भारतीयको मृत्यु



रासस

रसुवा : कामदारका रुपमा रहेका एक भारतीय नागरिकको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार मृत्यु हुनेमा भारत उडिसा केन्द्रपढाका करीब ४७ वर्षीय बचन रहेका छन्। 

उनी धुन्चे क्षेत्रमा केही वर्षदेखि प्लम्बरको काम गर्दै आएका थिए। एक घरमा पाइप जोड्ने क्रममा करेन्ट लागेपछि घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell