PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

एसिया कप छनोट : दीपेन्द्र र आरिफको अर्धशतक मद्दतमा नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य



पहिलोपोस्ट

एसिया कप छनोट : दीपेन्द्र र आरिफको अर्धशतक मद्दतमा नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य

काठमाडौँ : दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले छैटौँ विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले एसिया कप छनोटको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ।

वर्षाका कारण ३० ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र र आरिफको अर्धशतक मद्दतमा ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो।

१३ ओभरमा ६० रन हुँदा ५ विकेट गुमाएको नेपाली इनिङ्स उकास्न यी दुईले छैटौँ विकेटका लागि १०१ रनको साझेदारी गरे।

आरिफले नटआउट ६४ रन बनाए भने दीपेन्द्रले ५४ रनको योगदान गरे। ४८ बल खेलेका आरिफले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै दीपेन्द्रले ५१ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे।

यस्तै अनिल शाहले १६, कप्तान पारस खड्काले १३ तथा ज्ञानेन्द्र मल्लले ११ रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell