PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसिया कप छनोट : ओमानको लगातार तेस्रो जित, हङकङले युएईलाई १८२ रनले हरायो



पहिलोपोस्ट

एसिया कप छनोट : ओमानको लगातार तेस्रो जित, हङकङले युएईलाई १८२ रनले हरायो
फोटो : एसीसी

काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोटमा ओमानले लगातार तेस्रो जित हात पारेको छ। शनिवार भएको खेलमा ओमानले सिंगापुरलाई ८ विकेटले हरायो।

यस्तै कप्तान अंशुमन राथ र बाबर हायतको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनमा हङकङले युएईलाई १८२ रको फराकिलो अन्तरले पराजित गरेको छ।

लगातार तेस्रो जितपछि ओमान ६ अंकका साथ अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। प्रतियोगितामा ओमान एक मात्र अपराजित टिम हो।

पहिलो खेल हारेपनि लगातार दुई खेल जितेको हङकङ ४ अंकसहित दोस्रो स्थानमा छ। सूरुको दुई खेल सहजै जितेको युएई भने रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ।

किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनाएको थियो। सिंगापुरका लागि अनिस पारामले ७७ र रोहन रनगारामले ६८ रन बनाए। ओमानका बिलाल खानले ४ विकेट लिए।

२१६ रनको लक्ष्य प५याएने क्रममा ओपनर अकिव इल्यासले शतक प्रहार गरेपछि ओमानले २६.४ ओभरमा २ विकेट गुमाएर जित हात पार्‍यो। इल्यासले १०८ रन बनायो। यस्तै जतिन्दर सिंहले ५३ रन योगदान गरे भने खावर अलीले नटआउट ३६ रन जोडे।

अर्को खेलमा हङकङले दिएको २७६ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ९३ रनमा अलआउट भयो। हङकङका बलरसामु निरिह रहेको युएईका कप्तान रोहन मुस्ताफाले सर्वाधिक ३३ रन बनाए। युएईका ८ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। युएईलाई अलआउट गर्न हङकङका एहसान खानले ६ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिए। एहसान नवाज र नदिम अहेमदले २-२ विकेट लिए।

त्यसअघि युकेएम ओभलमा ४९ ओभरमा घटाइएको टस हारेर पहिले ब्याटिङ गरेको हङकङले अंशुमन र बाबरको शतक मद्दतमा ८ विकेट गुमाएर २७५ रन बनाएको थियो। दोस्रो विकेटका लागि यी दुईले १८० रनको साझेदारी गरे। बाबर हायतले १०७ तथा अंशुमनले १०२ रन बनाए।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell