PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सरकार भाषणमा नै रमाइरहेको छः काँग्रेस नेता प्रकाशमान



पहिलोपोस्ट

सरकार भाषणमा नै रमाइरहेको छः काँग्रेस नेता प्रकाशमान

काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भाषण गरे मात्र समृद्धि नआउने भन्दै सरकारलाई काम गरेर देखाउन सुझाव दिएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा सरकारले चर्चामा आउन ठुल्ठुला  सपना बाडे पनि नागरिकको ज्यू धनको सुरक्षा गर्न समेत चुकेको आरोप नेता सिंहले लगाएका हुन्। नेता सिंहले भने, 'दिनै बलात्कार हत्या जस्ता आपराधिक गतिविधि भइरहँदासमेत दोषीलाई कारबाहीको माग गरेर जनता सडकमा आउनु पर्ने लाठी खानु पर्ने, गोली लागेर मारिनु पर्ने तर सरकार अझै पनि  केही पनि नभए जस्तो गरेर बसिरहेको छ।'

सरकार भाषणमै रमाई रहेको भन्दै कम्तीमा पनि जनजीवन का विषयमा आशा लाग्दो  काम गरेर देखाउन सरकारलाई सुझाव दिए।

नेता सिंहले अहिलेको काँग्रेस नेतृत्वबाट पाटी सुधार हुन नसक्ने भन्दै पार्टीभित्र सुधार गर्नुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell