PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सुतेको अवस्था पलङ्को घर्राभित्रबाट चोरियो ६ लाख बराबरको धनमाल



पहिलोपोस्ट

सुतेको अवस्था पलङ्को घर्राभित्रबाट चोरियो ६ लाख बराबरको धनमाल
प्रतिकात्मक फोटो

काठमाडौँ:  शनिवार राति बुढानिलकण्ठस्थित एक घरमा चोरी भएको छ। बुढानिलकण्ठ नगरपालिका ३ गौरीगाँउ बस्ने रामबहादुर भण्डारीको घरमा नगद सहित धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

भण्डारीको कोठाको पलङ्गको घर्राभित्र राखिएको २ लाख रुपैयाँ र सुनका गहना चोरी भएको हो। करिब ५ लाख ६९ लाख रुपैयाँ धनमाल चोरी भएको उजुरी प्रहरीकोमा दिएका छन्।

फरार चोरहरुको खोजीसँगै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राजधानीमा अहिले रातिको समयमा भन्दा दिउँसो चोरीको सङख्या बढ्दै गएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell