PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कञ्चनपुरमा बढ्दो अपराधः घरमा नाचगानमा रमाइरहेकी किशोरी बलात्कार गर्ने पक्राउ



पहिलोपोस्ट

कञ्चनपुरमा बढ्दो अपराधः घरमा नाचगानमा रमाइरहेकी किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौँ: १३ वर्षीय निर्मला पन्तको हत्यारा पत्ता नलाग्दै कञ्चपुरमा बलात्कारका घटनाहरू भने बढ्न थालेको छ। शुक्रवार पनि एक किशोरीमाथि करणी भएको घटना बाहिरिएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले किशोरीको उजुरीको आधारमा एक युवकलाई नियन्त्रणमा लिएको छ। मानबहादुर बिष्ट पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यस्तै करणीमा सहयोग गर्ने अन्यको खोजी भइरहेको डिएसपी कृष्णराज ओझाले जानकारी दिए।

शुक्रवार करिब साढे २ बजेतिर कञ्चनपुर बेल्डांडी गाउँपालिका १ स्थित किशोरीलाई आफ्नै घरमा पूजापाठमा डिजे बजाई नाचगान गरिरहेको अवस्था  दुई जना केटाहरूले बोलाएका थिए। मोटरसाइकलमा आएका ती युवकले पछाडी राखी लगेको थिए। 

छोरी हराएपछि परिवार र स्थानीयले खोजतलास गर्दै जाँदा उद्धार गरेर ल्याएको प्रहरीले जनाएको छ।  किशोरीले जबर्जस्ती भएको उजुरी दिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell