PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बंगबन्धु गोल्डकपको ड्र सार्वजनिक, नेपाल प्यालेस्टाइन र ताजिकिस्तान एउटै समूहमा



पहिलोपोस्ट

बंगबन्धु गोल्डकपको ड्र सार्वजनिक, नेपाल प्यालेस्टाइन र ताजिकिस्तान एउटै समूहमा

काठमाडौं : आगामी अक्टोवरमा बंगलादेशमा आयोजना हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको ड्र सार्वजनिक भएको छ।

बंगलादेश फुटबल फेडेरेसनले शनिवार सार्वजनिक गरेको ड्र मा डिफेण्डिङ च्याम्पियन नेपाल समूह 'ए' मा परेको छ। नेपाल रहेको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान छन्।

यस्तै समूह बी मा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस छन्।  

बंगबन्धु गोल्डकपको पाँचौ संस्करण अक्टोबर १ देखि १२ सम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ। बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा यस पटक ६ टिमले प्रतिस्पर्धा गर्न लागेको हो।

सन् २०१६ मा भएको पछिल्लो संस्करणमा नेपालले बहराइनलाई फाइनलमा ३-० ले पराजित गर्दै उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell