PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बादरबाट बच्न हनुमानको पूजा गर्नुपर्ने योगीको तर्कदेखि म्यानमारका बाल सैन्य फिर्तासम्म : विश्वमा आज



पहिलोपोस्ट

बादरबाट बच्न हनुमानको पूजा गर्नुपर्ने योगीको तर्कदेखि म्यानमारका बाल सैन्य फिर्तासम्म : विश्वमा आज

योगीको भक्ति

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बाँदरबाट भोग्दै आएको समस्या अन्त्य गर्नका लागि नियमित रुपमा हनुमानको पुजा गर्न वा हनुमान चालिसाको पाठ गर्न सुझाव दिएका छन्। वृंदावन र मथुराका बासिन्दाहरुलार्इ सुझाव दिँदै मुख्यमन्त्री आदित्यनाथले उनीहरुले त्यसो गरे बाँदरहरुले क्षति नगर्ने बताएका हुन्। कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा भाग लिन वृंदावन पुगेका आदित्यनाथलार्इ त्यहाँका स्थानीयले बादँरले समस्या दिइरहेको भनी गुनासो गरेका थिए। आदित्यनाथले उल्टै बाँदरहरुलार्इ अत्याचार गर्नबाट जोगिन भनेका थिए। बादँरहरुसँगको आफ्नो अनुभव सुनाउँदै आदित्यनाथले बाँदरहरुसँग प्रेम गरे उनीहरुबाट समस्या नभइ फाइदा हुने बताएका हुन्। 

शरणार्थीहरुको सहयोग रद्द गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनका शरणार्थीहरुको हेरविचार गर्दै आएको संस्थालार्इ दिँदै आएको सहयोग अन्त्य गर्ने घोषणा गरेको छ। अमेरिकाले प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसंघको राहत वितरण संस्था 'युएनआरडब्लुए' मा धेरै दोष रहेको भन्दै सहयोग रोक्ने घोषणा गरेको हो। सुन १९८४ मा भएको अरब इजरायल युद्धबाट विस्थापित भएका हजारौं प्यालेस्टाइनीहरुको सहायता गर्नका लागि  'युएनआरडब्लुए' को स्थापना भएको थियो। अहिले सो संस्थाले मध्यपूर्वका पाँच लाख जनतालार्इ शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहायत गर्दै आएको छ। प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासका प्रवक्ता नबिल अबु रुडानीले भने अमेरिकाको उक्त कार्य प्यालेस्टाइनी नागरिकहरु प्रति एक प्रकारको आक्रमण भएको प्रतिक्रिया दिएका छन्। 

लानाको कार्यक्रम रद्द

गायिका लाना डेल रेले इजरायलमा गर्ने भनिएको कार्यक्रमण रद्द गरेकी छिन्। अधिकारकर्मी र समर्थकहरुको आलोचना पश्चात उनले आफ्नो कार्यक्रम रद्द गरेको बताइएको छ। प्यालेस्टाइन र इजरायल दुवै देशमा प्रस्तुती दिनु र सबैलार्इ समान व्यवहार गर्नु आफ्नो प्राथमिकता रहेको लानाले बताएकी छिन्। भविष्यमा प्यालेस्टाइन र इजरायलमा प्रस्तुती दिने बारे आफूले विचार गर्ने उनले बताइन्। इजरायलले प्यालेस्टाइनी नागरिकहरु प्रति गरिरहेको व्यवहारका कारण अधिकारकर्मीहरुले उनलार्इ आफ्नो कार्यक्रम रद्द गर्न दबाब दिँदै आएका थिए। 

२०३२ समर ओलम्पिक?

इन्डोनेसियाले सन् २०३२ को ओलम्पिक र पाराओलम्पिक आयोजना गर्न दाबी प्रस्तुत गर्ने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बचसँगको छलफल पश्चात  इन्डोसियाका राष्ट्रपति जोको विडोडोले दाबी प्रस्तुत गर्ने कुरा सार्वजनिक गरेका हुन्। चीन, भारत र अस्ट्रेलियाले समेत सन् २०३२को ओलम्पिक आयोजना गर्ने दाबी प्रस्तुत गर्ने बताइएको छ। हाल इन्डोनेसियाले २०१८ एसियन गेम्सको आयोजना गरिरहेको छ। 

बालसैनिक रिहा

म्यानमारको सेनाले ७५ जना बाल सैनिकलाई रिहा गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। चरणबद्धरुपमा बाल सैनिकलाई रिहा गर्ने क्रममा यस बर्ष पहिलो चरणमा उनीहरुलाई रिहा गरिएको जनाइएको छ। म्यानमारमा अहिले कति बालसैनिक छन् भन्ने एकिन तथ्याङ्क नभएपनि झण्डै पाँच लाख बाल सैन्य लडाकू रहेको अनुमान गरिएको छ। सन् २०१२ मा संयुक्त राष्ट्रसंघसँग भएको सम्झौताअनुसार सेनाले बालबालिका सहित ९२४ जनालाई रिहा गरेको राष्ट्रसंघीय निकाय युनिसेफले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

लुला दोषी ठहर 

ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको छ। ब्राजिलको निर्वाचन अदालतले उनलाई भ्रष्टाचारको आरोप दोषी ठहर गर्दै निर्वाचन लड्न नपाउने निर्णय सुनाएको अधिकारीले जनाएका छन्। आउदो अक्टोबरमा हुने तय गरिएको राष्ट्रपतीय निर्वाचनमा उनले भाग लिन नपाउने भएपछि ब्राजिलको राजनीतिमा नयाँ तरंग फैलिएको छ। उनको पार्टीले अगष्ट १५ मा उनलाई राष्ट्रपतिको रुपमा उम्मेदवारी दर्ता गराएको थियो। लुला सन् २००३ मा ब्राजिलको पहिलो बामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका थिए। 

तस्विर: AP/AFP/BBC/REUTERS/CATCHNEWS



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell