PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

जनप्रतिनिधि पद राजीनामा दिएर शिक्षक 



पहिलोपोस्ट

जनप्रतिनिधि पद राजीनामा दिएर शिक्षक 

जाजरकोट : जाजरकोट जुनिचाँदे गाउँपालिकाकी वडा सदस्यले राजीनामा दिएर शिक्षक बनेकी छिन्। गाउँपालिकाको वडा नं. ६ की सदस्य गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेकी हुन्। 

जनप्रतिनिधिबाट राजीनामा दिए लगत्तै उनी छेडागाड नगरपालिका वडा नम्बर ७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बनेकी हुन्। 
शाहीले उक्त विद्यालयमा कक्षा ६ देखि ८ सम्मको गणित विषय शिक्षण अनुदान दरबन्दीमा अध्यापन  गर्न थालेको जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख शुधिनराज बुढाथोकीले जानकारी दिए।  

बिहीवार जिल्ला समन्वय समितिबाट राजिनामा बुझाएर जिल्ला शिक्षा समन्वय इकाइले लगेको परीक्षामा उत्तीर्ण भएकी थिइन् । गत स्थानीय तहको चुनावमा जुनिचाँदे गाउँपालिका वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell