PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

ठूलो दुर्घटनाबाट टर्‍यो यति एयरलाइन्स, २१ यात्रु सहितको विमान त्रिभुवन विमानस्थलको रन वे छाडेर घाँसे मैदानमा



वसन्तराज उप्रेती

ठूलो दुर्घटनाबाट टर्‍यो यति एयरलाइन्स, २१ यात्रु सहितको विमान त्रिभुवन विमानस्थलको रन वे छाडेर घाँसे मैदानमा

काठमाडौं : नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको छ। २१ यात्रुसहित विमानले रन वे छाडेपनि ठूलो दुर्घटना टरेको छ। सबै यात्रु सकुशल छन्। 

यति एयरलाइन्सको नाइन एन एएचडब्लु विमान घाँसे मैदानमा पुगेको हो। विमान नेपालगंजबाट चार्टर्ड भएर आएको थियो। 'सबै यात्रु सकुशल छन्,' विमानस्थलबाट नेपाल प्रहरीका एसएसपी देवबहादुर बोगटीले भने, 'जहाज पन्छाउन सुरक्षा निकाय परिचालन भइसकेको छ।'

दुर्घटनाका कारण सबै उडान/अवतरण ठप्प भएको छ। दुर्घटनामा परेको विमानको नोज ह्विल भाँचिएको हुनसक्ने बताइएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल नागरिक उड्ड्यण प्राधिकरणका कर्मचारी र यति एयरलाइन्सका प्राविधिक टोली जहाज निकाल्नका लागि सक्रिय रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीले जानकारी दिए। उनका अनुसार जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell