PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

यतिको विमान तान्न नसकेपछि मध्यरातसम्म पनि खुलेन काठमाडौँ विमानस्थल, सबै अन्तर्राष्ट्रिय उडान डाइभर्ट



वसन्तराज उप्रेती

यतिको विमान तान्न नसकेपछि मध्यरातसम्म पनि खुलेन काठमाडौँ विमानस्थल, सबै अन्तर्राष्ट्रिय उडान डाइभर्ट

काठमाडौँ : नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्दा अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं मध्यरातसम्म पनि खुल्न सकेन।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। विमानले रनवेमा अवरोध भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान/अवतरण यो समाचार तयार पार्दा मध्यरातसम्म बन्द छ। विमान तान्ने प्रयास भइरहेको छ। 



विमानस्थल बन्द भएका कारण नेपाल वायुसेवा निगमको एयरबस ३३० दिल्ली फिर्ता पठाइएको थियो भने चाइना सदर्न एयरको विमान ढाका डाइभर्ट गरिएको थियो। फ्लाई दुबईको विमानलाई लखनउ डाइभर्ट गरिएको थियो। 

राति १० बजे अवतरण गर्नुपर्ने क्याथे ड्रागनको हङकङबाट आएको विमान भने वीरगञ्ज र हेटौडाको आकाशमा होल्ड हुँदै घुमिरहे पनि अवतरण गर्न सक्ने अवस्था नदेखिएपछि मध्यरात १२ बजेपछि ढाका डाइभर्ट गरिएको थियो।

शनिबारदेखि २२ घण्टा विमानस्थल खुल्ने भनिए पनि दुर्घटनाका कारण पहिलो दिननै विमानस्थल लामो समय बन्द गर्नुपरेको छ। शनिबारदेखि विमानस्थल बिहान ३ बजेदेखि ५ बजेसम्म मात्र बन्द हुने र आन्तरिक उडान बिहान ५ बजेदेखि नै गर्ने तयारी थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell