PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

यति एयरको विमान तान्न नसक्दा सयौँ यात्रुको बिचल्ली, पाँच अन्तर्राष्ट्रिय उडान डाइभर्ट



वसन्तराज उप्रेती

यति एयरको विमान तान्न नसक्दा सयौँ यात्रुको बिचल्ली, पाँच अन्तर्राष्ट्रिय उडान डाइभर्ट

काठमाडौँ : यति एयरलाइन्सको एउटा विमान शनिबार राति साढे ८ बजेतिर अवतरण गर्ने क्रममा चिप्लिएर घाँसे मैदानमा पुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि सयौँ यात्रुको बिचल्ली भएको छ। 

विमान तानेर हटाउन खोजे पनि रातभरको प्रयास सफल हुन सकेन। रातिको उडान रद्द हुँदा सयौँ यात्रुको बिचल्ली भयो। 

त्यसैगरी काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय विमानका उडानहरु अन्यत्रै डाइभर्ट हुन पुग्दा विमान कम्पनीहरुलाई पनि घाटा भएको छ।

राति १० बजे अवतरण गर्नुपर्ने क्याथे ड्रागनको हङकङबाट आएको विमान भने वीरगञ्ज र हेटौडाको आकाशमा होल्ड हुँदै घुमिरहे पनि अवतरण गर्न सक्ने अवस्था नदेखिएपछि मध्यरात १२ बजेपछि ढाकातिर लागेको थियो। राति १ बजे अवतरण गर्नुपर्ने कतार एयरको विमान पनि कोलकातातिर डाइभर्ट भयो। राति १ बजे अवतरण गर्ने र २ बजे उड्ने गरी कतार एयरले आज शनिबारदेखि नै थपेको पहिलो उडानै कोलकाता डाइभर्ट हुनुपरेको हो।

विमानस्थल बन्द भएका कारण नेपाल वायुसेवा निगमको एयरबस ३३० दिल्ली फिर्ता पठाइएको थियो भने चाइना सदर्न एयरको विमान ढाका डाइभर्ट गरिएको थियो। फ्लाई दुबईको विमानलाई लखनउ डाइभर्ट गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell