PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रिमियर लिग : म्यानचेष्टर सिटी विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी विजयी

साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा तेस्रो जित हात पारेको छ। गएराती भएको खेलमा सिटीले न्यूकासललाई २-१ ले पराजित गरेको हो।

सिटीका लागि रहिम स्टर्लिङ र केल वाल्करले गोल गरे। न्यूकासलका लागि डिआन्द्रे एडलिनले एक गोल गरे।

जितपछि चार खेलबाट १० अंक जोडेको सिटी अंकतालिकामा तेस्रो स्थानमा छ। सिटीले यस सिजन खेलेका ४ मध्ये ३ खेल जितेको छ भने एक खेल बराबरी गरेको थियो।

यस सिजन शतप्रतिशत जित निकालेका लिभरपुल र चेल्सी क्रमश: पहिलो र दोस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell