PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ला लिगा : रियल मड्रिडको सहज जित



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिडको सहज जित

स्पानिस ला लिगामा रियल मड्रिडले लेगानेसमाथि सहज जित हात पारेको छ। गएराती भएको खेलमा करिम बेन्जामाको दुई गोल मद्दतमा रियलले लेगानेसलाई ४-१ ले हरायो।

जितपछि ३ खेलबाट ९ अंक जोडेको रियल अंकतालिकामा शीर्ष स्थानमा छ।

रियलका लागि कप्तान सर्गियो रामोस र गारेथ बेलले एक-एक गोल गरे। लेगानेसका लागि गुइडो कारिलोले एक गोल गरे।

रियल विजयी हुँदा अर्को मड्रिड क्लब एट्लेटिको भने सेल्टा भिगोसँग २-० ले पराजित भएको छ। घरेलु मैदानमा सेल्टालाई जिताउन आयागो असपास र म्याक्सी गोमेजले एक-एक गोल गरे।

उक्त जितपछि ३ खेलबाट ७ अंक जोडेको सेल्टा अंकतालिकामा दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell