PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

१८औँ एसियाडमा नेपाल : २९ खेल १८७ खेलाडी, उपलब्धी एक रजत



पहिलोपोस्ट

१८औँ एसियाडमा नेपाल : २९ खेल १८७ खेलाडी, उपलब्धी एक रजत

काठमाडौँ : इन्डोनेसियामा भएको १८औँ एसियन गेम्स (एसियाड) का सम्पूर्ण खेलको इभेन्टहरु सकिएको छ। एसियाका ४५ राष्ट्रले ४० खेलका विभिन्न ६५ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।

नेपालबाट एसियाडमा अहिलेसम्मकै सबैभन्दा धेरै २९ खेलमा सहभागिता जनाएपछि उपलब्धी भने एउटा पदक मात्र रह्यो।

नेपालबाट १८७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीमा मात्र रजत पदक जितेको हो।

एसियाडमा डेब्यु खेलमै नेपालले ऐतिहासिक रजत जित्दा पदक जित्ने भनेर आशा गरिएका अन्य खेलको प्रदर्शन निराशाजनक रह्यो।

आइतवार भएको अन्तिम खेल ट्रायथलनको मिक्स टिममा नेपाल १३ टिममध्ये १२औँ स्थानमा रह्यो।

नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक जिताउनेमा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहे।

एसियाडमा नेपालले जितेको यो दोस्रो रजत हो। सन् १९९८ मा तेक्वान्दोकी सविता राज भण्डारीले नेपाललाई पहिलो पटक रजत दिलाएकी थिइन्।

यस्तै यसअघि पदक जितेको तेक्वान्दो, कराते, बक्सिङका साथै पदकको आश गरिएको उसु, जुडो बाट नेपालले सफलता पाउन सके।

भारोत्तोनमा नेपालबाट ४ खेलाडी समहभागि भएकोमा तीन खेलाडीले राष्६रि कीर्तिमान सुधार गरे।

मार्सपासमा नेपालको झण्डा बोकेका कमल बहादुर अधिकारीले एउटकै स्पर्धामा पाँच वटा कीर्तिमान बनाए।

यस्तै एथ्लेटिक्समा सोम बहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाए। सरस्वती भट्टराईले कीर्तिमान सुधार गरिन्। पौडीमा नेपाल ४ खेलाडीले प्रतिस्पर्धा गरेकोमा कसैले कीर्तिमान बनाउन सकेनन् भने हिट चरण पार गर्न सकेनन्।

पुरुष भलिबलमा ३२ वर्षपछि एसियाड खलेको नेपालले मंगोलियालाई हराउँदै पहिलो जित हात पार्‍यो। समूह चरणमा दुवै खेल हारेपनि वरियताको लागि भएको खेलमा मंगोलियालाई हराएको नेपाल श्रीलंकासँग पराजित भयो। अन्त्यमा कीर्गिस्तानले नखेलेपछि नेपाल २० राष्ट्रमध्ये १५औँ भयो।

पुरुष फुटबलमा नेपाल पुन: एक पटक जितिविहन हुँदै घर फर्कियो। पाकिस्तान विरुद्ध १ गोलले अग्रता लिएर समेत नेपाल पराजित भयो। उक्त गोल पनि पाकिस्तानले नै उपहार दिएको थियो।

नेपालले सहभागिता जनाएको अन्य खेलहरु आर्चरी, बास्केटबल, साइक्लिङ, फेन्सिङ, गल्फ, सुटिङ, सेपाकताक्रो, कबड्डी, कुस्ती, कुराँस, स्केटबोर्ड, पेनकेक सिलात, टेनिस, स्केटबोर्ड, स्क्वास, स्पोर्ट्स क्लाइम्बिङ, ट्रायथलन लगायत खेलमा नेपालले चुनौती दिन सकेन।

चीन पुन: एकपटक सर्वाधिक पदक जित्न सफल भयो। चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य सहित २८९ पदक जित्यो।

जापानले ७५ स्वर्ण ५६ रजत र ७४ कास्य सहित २०५ पदक जितेर दवस्रो स्थान हात पार्‍यो। ४९ स्वर्ण ५८ रजत र ७० कास्यसहित १७७ पदक जितेको दक्षिण कोरिया तेस्रो भयो।

आयोजक इन्डोनेसिया ३१ स्वर्ण, २४ रजत र ४३ कास्यहसित ९८ पदक जितेर चौथो भयो।

यस पटक संयुक्त कोरियन टिमसहित ३७ राष्ट्रले पदक जित्यो।  एक रजत जितेको नेपाल पदक तालिकामा ३३औँ स्थानमा रह्यो।

पदक तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell