PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

यतिको जहाज पन्छाएपछि खुल्यो त्रिभुवन विमानस्थल, रनवेबाट जहाज हटाउन रातभर मेहनत



वसन्तराज उप्रेती

यतिको जहाज पन्छाएपछि खुल्यो त्रिभुवन विमानस्थल, रनवेबाट जहाज हटाउन रातभर मेहनत

काठमाडौं: नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्दा अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले केहीबेर अघि खुलेको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विहान ८ बजेर २५ मिनेटमा विमानस्थल खुलेको हो।उनले रातभरिनै क्रेन र स्काभेटरमार्फत जहाज तान्ने प्रयास भएको र विहान मात्रै पन्छाउन सफल भएको बताए।‘निरन्तरको वर्षाले जहाज तान्न धेरै कठिन भयो।हामीसँग भएको सबै जनशक्ति र उपकरण प्रयोग गरेर जहाज रनवेबाट हटाउन सफल भएका छौं।पानीका कारण हिलोमा जहाज धस्सिएकोले पनि धेरै समय लाग्यो’उनले भने।

यतिको जहाज जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। विमानले रनवेमा अवरोध भएपछि शनिबार रातीका सबै उडान/अवतरण ठप्प भए।विमानस्थल बन्द भएका कारण नेपाल वायुसेवा निगमको एयरबस ३३० दिल्ली फिर्ता पठाइएको थियो भने चाइना सदर्न एयरको विमान ढाका डाइभर्ट गरिएको थियो। फ्लाई दुबईको विमानलाई लखनउ डाइभर्ट गरिएको थियो।

राति १० बजे अवतरण गर्नुपर्ने क्याथे ड्रागनको हङकङबाट आएको विमान भने वीरगञ्ज र हेटौडाको आकाशमा होल्ड हुँदै घुमिरहे पनि अवतरण गर्न सक्ने अवस्था नदेखिएपछि मध्यरात १२ बजेपछि ढाका डाइभर्ट गरिएको थियो।
 
शनिबारदेखि २२ घण्टा विमानस्थल खुल्ने भनिए पनि दुर्घटनाका कारण पहिलो दिननै विमानस्थल लामो समय बन्द गर्नुपरेको छ। शनिबारदेखि विमानस्थल बिहान ३ बजेदेखि ५ बजेसम्म मात्र बन्द हुने र आन्तरिक उडान बिहान ५ बजेदेखि उडान सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell