PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

शीतल निवसमा श्रील‌ंकाका राष्ट्रपतिको ‘एडभान्स बर्थडे सेलिब्रेसन’, दुई समझदारीपत्रमा हस्ताक्षर गरी स्वदेश फर्कँदै



पहिलोपोस्ट

शीतल निवसमा श्रील‌ंकाका राष्ट्रपतिको ‘एडभान्स बर्थडे सेलिब्रेसन’, दुई समझदारीपत्रमा हस्ताक्षर गरी स्वदेश फर्कँदै

काठमाडौं : राष्ट्रपति भवन शीतल निवासमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको जन्मदिन मनाइएको छ। शनिवार राष्ट्रपति भवन शीतल निवासमा सिरिसेनाको ‘एडभान्स बर्थडे’ सेलिब्रेसन भएको हो।

३ सेप्टेम्बर २०५१ मा जन्मिएका सिरिसेनाको ६७ औँ जन्मदिनको अवसरमा दुई दिन अगाडि नै शीतल निवासमा केक काटिएको हो। शनिवार शिष्टाचार भेटका लागि पुगेका श्रीलंकाका राष्ट्रपति सिरिसेनाको जन्मदिन मनाउन शितल निवास तयारी अवस्थामा थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी सिरिसेनालाई अग्रिम जन्मदिनको शुभकामना दिइन्। उनको सम्मानमा र स्वागतमा शितल निवासमा जन्मदिनको केक तयारी अवस्थामा थियो।

शीतल निवासको तयारीका बारेमा श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई जानकारी थिएन्। शितल निवास स्रोतका अनुसार यो ‘सप्र्राइज’ सेलिब्रेसन थियो।

परराष्ट्र मन्त्रालयका अनुसार शितल निवासमा उनको सम्मानमा शनिवार साँझ सन्ध्याकालीन भोजको आयोजना गरिएको थियो।

दुई समझदारीपत्रमा हस्ताक्षर

शनिवार भएको शिष्टाचार भेटपछि दुवै देशका राष्ट्रपतिको उपस्थितिमा दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार नेपालको इन्स्टिच्युट अफ फरेन अफेयर (आइएफए) र श्रीलंकाको बन्दरानायके इन्टरनेशनल डिप्लोमेटिक ट्रेनिङ इन्स्टिच्युटबीच साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र श्रीलंकाका राजदूत वेलांगे स्वारनालाथा परेराले हस्ताक्षर गरेका हुन्।

त्यस्तै नेपाल र श्रीलंकावीच युवा विकास साझेदारी सम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपालका तर्फबाट युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र श्रीलंकाका तर्फबाट राजदूत परेराले हस्ताक्षर गरेका हुन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार नै श्रीलंका राष्ट्रपति सिरिसेनासँग शिष्टाचार भेट गरेका छन्। भेटमा आपसी हित तथा द्वीपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए।

राष्ट्रपति सिरिसेना शनिवार नै लुम्बिनी भ्रमण गरेर फर्किएका थिए। राष्ट्रपति सिरिसेना आज साढे १० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell