PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एसिया कप छनोट : सिंगापुर अलआउट, नेपाललाई १५२ रनको लक्ष्य



पहिलोपोस्ट

एसिया कप छनोट : सिंगापुर अलआउट, नेपाललाई १५२ रनको लक्ष्य
फोटो : एसीसी

काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई १५१ रनमा अलआउट गरेको छ।

युकेएम मैदान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको हो। नेपालले अब जितका लागि ५० ओभरमा १५२ रन बनाउनुपर्नेछ।

सिंगापुरलाई अलआउट गर्न नेपालको लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। ललितले ९ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।

सिंगापुरका कप्तान चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए। चेतले चौथो विकेटका लागि अनिस परामसँग ८० रनको साझेदारी गरे। अनिसले  ३१ रन बनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell