PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एसिया कप छनोट : मलेसियामाथि युएईको सहज जित



पहिलोपोस्ट

एसिया कप छनोट : मलेसियामाथि युएईको सहज जित

एसिया कप छनोट अन्तर्गत आइतवार भएको खेलमा युएईले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य युएईले ८.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।

युएईको सहज जितमा कप्तान रोहन मुस्ताफाले नटआउट ३८ रन बनाए। यस्तै रमिज शेहजादले नटआउट २६ रन जोडे। चिराग सुरीले २२ रन योगदान गरे।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३१.३ ओभरमा ९२ रनमा अलआउट भएको थियो। मलेसियाका लागि सर्भिन मुनिएन्डीले सर्वाधिक १६ रन बनाए। मलेसियालाई कम स्कोरमा अलआउट गर्न युएईका अहेमद राजाले ४ तथा रोहन मुस्ताफा, मोहम्मद नभिद र अमिर हायतले २-२ विकेट लिए। 

छनोट प्रतियोगितामा युएईको यो तेस्रो जित हो। युएईले चारखेलबाट ६ अंक जोडेको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell