उर्लाबारीः मोरङको पथरीशनिश्चरे नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३ प ७९०९ नम्वरको मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका २ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले नियन्त्रणमा लिएको छ।