काठमाडौँ: रियल जोडी अभिनेत्री प्रियंका कार्की र आयुषमान देशराज जोशीको जोडीलाई दर्शकले पर्दामा पनि रुचाउन थालेका छन्। हालै इन्गेजमेन्ट गरेका यी दुई जोडी फिल्ममा पनि एकसाथ देखिँदैछन्। रियल लाइफका यी जोडी म्यूजिक भिडियोहरु गर्न व्यस्त छन्।
प्रियंका र आयुषमान अभिनित फिल्म ‘कथा काठमाडौं’ प्रदर्शनको तयारीमा पनि छ। इन्गेजमेन्ट गरेसँगै दुईले म्यूजिक भिडियोमा एकसाथ काम गर्न थालेका छन्। ’मनकी उजेली’ बोलको नयाँ म्यूजिक भिडियोमा पनि उनीहरु फिचर्ड छन्। केहीदिन अघि मात्र सार्वजनिक भएको भिडियोमा प्रियांका र आयसषमानसँगै बालकलाकार अनुभव रेग्मी फिचर्ड छन्।
नारायण भण्डारीको शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ। गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।