
काठमाडौँ : यही सेप्टेम्वर ४ देखि १६ सम्म हुने साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोली आइतवार बंगलादेश प्रस्थान गरेको छ।
नेपाली टोलीलाई आइतबारै एन्फा कम्प्लेक्समा युवा तथा खेलकुद मन्त्री जगत सुनार विक, राखेपका सदस्य सचिव केशव कुमार विष्ट र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरे।
बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा रहेको छ। नेपाल रहेको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन्। नेपालले आगामी मंगलबार पाकिस्तानसँग समूहको पहिलो खेल खेल्नेछ।
समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन्।
नेपाली टोली:
गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, एलान न्यौपाने
डिफेण्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
प्रशिक्षक : बालगोपाल महर्जन
सहायक प्रशिक्ष : किरण श्रेष्ठ
गोलकिपर प्रशिक्षक : नवीन महर्जन