PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

साफ फुटबलको उपाधि जिते प्रत्येक खेलाडीलाई एन्फाले ५ लाख दिने



पहिलोपोस्ट

साफ फुटबलको उपाधि जिते प्रत्येक खेलाडीलाई एन्फाले ५ लाख दिने
फोटो : रासस

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुजुकी साफ कप फुटबलको उपाधि जितेमा टोलीका प्रत्येक खेलाडीलाई ५-५ लाख नगद दिने घोषणा गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतवार साफ खेल्न जाने नेपाली टोलीलाई बिदाइ गर्दै एन्फाले साफ जित्ने प्रत्येक खेलाडीलाई नगद दिने घोषणा गरेको हो।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीको प्रोत्साहनका लागि पुरस्कार रकम घोषणा गरेको बताए।

सन् १९९३ देखि सुरु भएको साफ फुटबलको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन। नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यस पटक नेपालको लक्ष्य साफ जित्नु भएको बताएका छन्। 

सन् २०१३ मा ंकाठमाडौँमा भएको साफमा सेमिफाइनल पुगेको नेपाल २०१५ मा भारतमा भएको साफको समूह चरणबाटैख बाहिरिएको थियो।

नेपाली टोली साफ खेल्ने आजै बंगलादेशको ढाका प्रस्थान गरिसकेको छ। मंगलवार देखि सुरु हुने साफमा नेपाल समूह ए मा छ र पहिलो खेलमा मंगलवार पाकिस्तानसँग खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell