PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

श्रद्धाको चर्चा ‘आशिकी २’मा सिमित



पहिलोपोस्ट

श्रद्धाको चर्चा ‘आशिकी २’मा सिमित

बलिउड अभिनेत्री श्रद्धा कपुरलाई अधिकांश दर्शकले फिल्म ‘आशिकी २’बाट चिनेका हुन्। उनले त्यसअघि पनि फिल्म ‘तीन पत्ती’ र ‘लभका दि इण्ड’ गरेकी थिइन्। ती फिल्महरु खासै चलेनन्। तर उनलाई ‘आशिकी २’ले दर्शकमा चिनायो।

‘आशिकी २’ गरेपछि पनि श्रद्धाले कयौं फिल्महरुमा काम गरिसकेकी छिन्। तर ‘आशिकी २’को जतिको चर्चामा भने उनी आउन सकेकी छैन। हालै उनी अभिनित हरर कमेडी जनराको फिल्म ‘स्त्री’ प्रदर्शनमा आयो।

भारतीय मिडियाका अनुसार  फिल्मले दर्शकबाट सकरात्मक प्रतिक्रिया बटुलेको छ। फिल्मले प्रदर्शनको दोश्रो दिन  १० करोडमाथिको व्यापार गरेको छ। श्रद्धाका पछिल्ला फिल्म ‘हाल्फ गर्लफ्रेन्ड’,‘‌ओके जानु’ र ‘एक भिलेन’ दर्शकले रुचाएका फिल्महरु हुन्। श्रद्धा फिल्म हिट हुने पर्खाइमा छिन्। अब फिल्मले कस्तो नतिजा पाउला त्यो पछि नै थाह हुनेछ। श्रद्धा अभिनित 'बत्ती गुल मीटर चालू' भने प्रदर्शनको तयारीमा छ। 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell