PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विराटनगरमा बम विस्फोट गराउने पक्राउ



पहिलोपोस्ट

विराटनगरमा बम विस्फोट गराउने पक्राउ

काठमाडौं: मोरङको विराटनगर महानगरपालिकामा तीन साता अगाडी बम विस्फोटन गराउने तीन जनालाई पक्राउ गरेको छ। 
जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ताहरु पक्राउ गरेको प्रहरीले जनाएको छ। 
उनीहरुलाई आइतवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए। दुई जनालाई सिराहा र एक जनालाई मोरङबाट पक्राउ गरिएको हो।  पक्राउ पर्नेहरुमा मनोज सिंह, रामरिझन यादव र अभिमन्य गिरी रहेका छन्।

गत साउन २७ गते आइतवार दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो। नगरपालिकाका मेयरको आगन्तुक कक्षमा बम विस्फोट हुँदा कार्यालयमा सामान्य क्षति पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell