PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नेपालको लगातार दोस्रो जित, मलेसियामा नेपाली दर्शकको यस्तो क्रेज, १२ फोटोमा हेर्नुस्

नेपालको लगातार दोस्रो जित, मलेसियामा नेपाली दर्शकको यस्तो क्रेज, १२ फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : एसिया कप छनोटमा नेपालले आइतवार सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ।

सुरुवाती दुई खेल हारेको नेपालको यो लगातार दोस्रो जित हो र नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

युकेएम ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा १५१ रनमा अलआउट भयो।

नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर उक्ष्य पूरा गर्‍यो। आजै भएको अन्य खेलमा युएईले मलेसियालाई ८ विकेटले हरायो भने वर्षा कारण खेल रद्ध भएपछि ओमान र हङकङले एक-एक अंक बाँड्यो।

नेपालले अब मंगलवार हङकङसँग अन्तिम लिग खेल खेल्नेछ। यस्तै युएईले ओमानसँग तथा फाइनल होडबाट बाहिरिसकेको मलेसिया र सिंगापुर खेल हुनेछ।

आइतवार नेपालले सिंगापुरलाई पराजित मलेसियामा नेपाली टिमलाई समर्थन गर्न दर्शकहरु मैदानसम्म पुगेका थिए। मलेसियामा नेपालको क्रिकेट हुँदा दर्शकहरुको पुग्ने गर्छन।

नेपाली टोलीका युवा स्टार सन्दीप लामिछानेलाई दर्शकहरुले घेरेर सेल्फी खिचेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell