PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

के काठमाडौँको सिटिसी मलमा प्रहरीले गोली चलाएकै हो?



सविन ढकाल

के काठमाडौँको सिटिसी मलमा प्रहरीले गोली चलाएकै हो?
फाइल फोटो nepalhomesearch.com

काठमाडौँ: काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा गोली चलेको खबर बाहिरियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक ब्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको भनिएको थियो।

सिटिसी मलको चौथो तलामा रहेको सिटिभी मोबाइल कम्पनीका किसान राईमाथि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले समेत बताएका थिए।मलका सेक्युरिटी अफिसर लंकबहादुर तामाङले करिब सवा १२ बजेतिर गोली चलेको आवाज सुनेको पहिलोपोस्टलाई बताए।
 
के प्रहरीले गोली चलाएको थियो त? 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी वसन्त लामा भने गोली नचलाएको बताउँछन्। एसएसपी लामाले भने, 'सिभिलको टोलीले राईलाई पक्राउ गर्न मध्याह्न सवा १२ बजेतिर मलमा पुगेको थियो। त्यतिकैमा सिभिलका केटाले बोकेको हेलमेट र हतियार भूइँमा खस्यो। आवाज आयो। प्रहरीको हातबाट पेस्तोल खस्दा गोली चल्यो भन्ने अड्कलबाजी भएको मात्र हो।'


राई केही समयदेखि एक युवतीसँगको सम्बन्धमा रहेका थिए। दुईबीच झगडा भएपछि युवती प्रहरीकहाँ पुगेकी थिइन्। उजुरीको आधारमा प्रहरी राईलाई समात्न मलमा पुगेको थियो। एसपी लामाले भने,' उजुरीको आधारमा समात्न मात्र गएका हौं।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell