PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

लण्डनपछि स्वयम्भूमा गुञ्जदै नेपथ्य



पहिलोपोस्ट

लण्डनपछि स्वयम्भूमा गुञ्जदै नेपथ्य

काठमाडौं : हालै लण्डनमा स्टेज प्रस्तुति दिएको लोकप्रिय ब्याण्ड नेपथ्यले काठमाडौंको स्वयम्भूमा कन्सर्ट गर्ने भएको छ। ब्याण्ड पहिलो पटक पाँच वर्षअघि विम्बले एरेनामा प्रस्तुत भएको थियो।

दोश्रो र तेश्रोपटक पनि लण्डनको ओ टु ब्रिक्सटनमा कन्सर्ट आयोजना सम्पन्न गरेको हो। कार्यक्रमको सुरुवातमा नेपथ्यको दसौं एल्बममा समावेश ‘कुरुप अनुहार हो गुञ्जियो। यसरी विदेशमा रहेका नेपाली माझ नेपथ्यले कन्सर्ट गरेको छ।  नेपथ्यका प्रमुख अमृत गुरुङले प्रस्तुतिका क्रममा नेपालीबीच एकताको आवश्यकता रहेको बताए। बेलायतको प्रस्तुतीसँगै ब्याण्ड अब नेपालमै फर्किँदै छ।

असोज १३ गते स्वयम्भूमा ब्याण्डले कन्सर्ट गर्ने भएको छ। अमृतलाई स्टेजमा सँधै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell