PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कञ्चनपुरमा किशोरी बलात्कार गरी फरार युवक पक्राउ



पहिलोपोस्ट

कञ्चनपुरमा किशोरी बलात्कार गरी फरार युवक पक्राउ

 काठमाडौँ: गत शुक्रवार राति १६ वर्षीय किशोरीलाई बलात्कार गरी फरार भएको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले  आइतबार जनक खड्कालाई पक्राउ गरेको डिएसपी कृष्णराज ओझाले जानकारी दिए।

शुक्रवार करिब साढे २ बजे रातितिर कञ्चनपुर बेल्डांडी गाउँपालिका १ स्थित किशोरीलाई आफ्नै घरमा पूजापाठमा डिजे बजाई नाचगान गरिरहेको अवस्था दुई जना केटाहरूले बोलाएका थिए। मोटरसाइकलमा आएका ती युवकले उनलाई पछाडि राखी लगेका थिए। 

छोरी हराएपछि परिवार र स्थानीयले खोजतलास गर्दै जाँदा उद्दार गरेर ल्याएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मानबहादुर विष्टलाई प्रहरीले शनिबार नै पक्राउ गरेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell