PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

अपहरण आरोपमा 'टोले गुन्डा' देव श्रेष्ठ पक्राउ



सविन ढकाल

अपहरण आरोपमा 'टोले गुन्डा' देव श्रेष्ठ पक्राउ

काठमाडौं: नयाँ बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्दै हिड्ने देव श्रेष्ठ पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले  आइतवार श्रेष्ठलाई माछापोखरी क्षेत्रबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका एकजनाको रकम असुली दिने भन्दै एकलाई अपहरण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको वृत्तका डिएसपी दान मल्लले जानकारी दिए। पहिलोपोस्टसँग डिएसपी मल्लले भने,' अपहरणको केसमा श्रेष्ठलाई नियन्त्रणमा लिएका हौं। कमिसनको लोभमा श्रेष्ठले मानिस अपहरण गरेको पाइयो।'

अपहरणमा परेका व्यक्ति सकुशल मुक्त भएको मल्लले बताए। गुन्डा श्रेष्ठले शनिवार अपहरण गरेर एक होटेलमा राखिएको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell