PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी, टोटनहम वाटफोर्डसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी, टोटनहम वाटफोर्डसँग पराजित

प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा लण्डन क्लब आर्सनल र म्यानचेष्टर युनाइटेड विजयी भएका छन् भने टोटनहम हट्सपरले पहिलो हार बेहोरेको छ।

आर्सनलले कार्डिफ सिटीलाई ३-२ ले पराजित गरेको छ। आर्सनललाई सिजनको दोस्रो जित दिलाउन स्कोदार्न मुस्ताफी, पिएरे एमिक औवामेयाङ र एलेक्जान्डर लाकाजाटेले एक-एक गोल गरे।

कार्डिफका लागि भिक्टर कामारासा र ड्यानी वार्डले एक-एक गोल गरे।

यस्तै म्यानेचष्टर युनाइटेडले बर्नलीलाई २-० ले हरायो। मार्कुस रोसफोर्डले रातो कार्ड पाएको खेलमा दुवै गोल रोमेलु लुकाकुले गरे।

जितपछि आर्सनल नवौँ तथा युनाइटेड दशौँ स्थानमा छ।

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको वाटफोर्डले लगातार चौथो जित हात पार्ने क्रममा लण्डन क्लब टोटनहम हट्सपरलाई २-१ ले हरायो। वाटफोर्डका लागि ट्रोए डिने र क्रेग काथकार्टले एक-एक गोल गरे। टोटनहमका लागि वाटफोर्डका डुकारेले आत्मघाती गोल उपहार दिए।

यस सिजन वाटफोर्डले लिभरपुल र चेल्सीसँगै शतप्रतिशत जित हात पारेको छ। टोटनहमको भने यो सिजनमा पहिलो हार हो।

गोलअन्तरमा पछि रहेको वाटफोर्ड तेस्रो स्थानमा छ। ४ खेलबाट ७ अंकसहित म्यानचेष्टर सिटी चौथो तथा समान खेलबाट ९ अंक रहेको टोटनहम पाँचौ स्थानमा छ।

चौथो चरणको समाप्तीपछि लिभरपुल पहिलो र चेल्सी दोस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell