PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

ला लिगा : हुएस्काको पोष्टमा बार्सिलोनाको ८ गोल, ३७ क्लब विरुद्ध गोल गर्ने मेसीको कीर्तिमान



पहिलोपोस्ट

ला लिगा : हुएस्काको पोष्टमा बार्सिलोनाको ८ गोल, ३७ क्लब विरुद्ध गोल गर्ने मेसीको कीर्तिमान

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा साविक विजेता बार्सिलोनाले नवप्रवेशी हुएस्कालाई ८-२ ले पराजित गरेको छ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई फराकिलो जित दिलाउन कप्तान लियोनल मेसी र लुइस सुआरेजले २-२ गोल गरे भने जोर्डि अल्बा, इभान राकिटिक र ओसमान डेम्बेलेले १-१ गोल गरे।

हुएस्काका पाउलिडोलो एक आत्मघाती गोल उपहार दिए। हुएस्का विरुद्ध गोल गरेपछि मेसीले ला लिगामा ३७ फरक क्लब विरुद्ध गोल गर्ने कीर्तिमान बनाएका छन्।

हुएस्काका लागि कामिलो हर्नान्डेज र एलेक्स गालारले गोल गरे।

लगातार तीन खेलमा विजयी भएपछि बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा उक्लेको छ। समान अंक भएको यल मड्रिड गोलअन्तरमा पछि छ। ला लिगामा नयाँ सिजन यी दुई क्लबले मात्र शतप्रतिशत जित हात पारेका छन्।

यस्तै अर्को खेलमा रियल बेटिसले सेभियालाई १-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell