PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

डुबेर दुई बालकको मृत्यु



रासस

उर्लाबारी : मोरङको कानेपोखरी गाउँपालिकामा आइतबार खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय छोरा रेशम दर्जीको मृत्यु भएको हो। 

बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिए।
 
त्यस्तै कानेपोखरी गाउँपालिका–३ मा आफ्नै घरको माछा पोखरीमा डुबेर विशाल राईको दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell