PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

यचुश्री भइन् किड क्विन नेपाल २०१८



पहिलोपोस्ट

यचुश्री भइन् किड क्विन नेपाल २०१८

काठमाडौं : यचुश्री श्रेष्ठले ‘१६ औं संस्करणको किड क्विन नेपाल–२०१८’को उपाधि जितेकी छिन्। १५ प्रतिस्पर्धिलाई पछि पार्दै उनले यो उपाधि जितेकी हुन्।

उनले दश हजार रुपैंया राशीसहितको पुरस्कारहरु प्राप्त गरेकी छिन्। १२ वर्षीया यचुश्री जेम्स स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन्। प्रतियोगितामा १६ जना बालिका तथा किशोरीहरु सहभागी थिए। प्रतियोगितामा फस्ट रनरअप भएकी लूमिला जोशीले उपाधिसहित नगद सात हजार रुपैंया प्राप्त गरिन्।

त्यस्तै स्वेना श्रेष्ठ सेकेण्ड रनरअप भइन्।

साथमा अपेक्षा शेरचनले मिस फ्रेन्डसिप, वृक्षा गुरुङले मिस चार्मिङ, जेनिशा तामाङले मिस स्माइल, ओजस्वी महर्जनले बेस्ट स्किन, दीया नापितले बेस्ट हेयर, समद्धि श्रेष्ठले मिस पञ्चुअल, प्रिया श्रेष्ठले मिस इलिगेन्ट, नसाना महर्जनले मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङले मिस पर्सनालिटी, एञ्जेल खत्रीले मिस डिसिप्लिन, यचुश्री श्रेष्ठले बेस्ट ड्रेस, इशा श्रेष्ठले मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरीले मिस सोसल वेलफेयर एम्बेसडरको उपाधि जित्न सफल भए।

संचारकर्मी कृष्ण भट्टराई तथा डब्बु क्षेत्री, ब्युटिसियन मञ्जु कार्की पाण्डे, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ, मिस नेवाः की फस्ट रनर्स अप सरिसा श्रेष्ठ, नेपाल क्यूकोसिन सेसिन केइकन कराँते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, फोटोग्राफर शिवलाल श्रेष्ठ प्रतियोगितामा निर्णायक थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell