PahiloPost

May 16, 2026 | २ जेठ २०८३

लुकीलुकी प्रेममा आलिया र रणवीर



पहिलोपोस्ट

लुकीलुकी प्रेममा आलिया र रणवीर

यतिखेर बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको प्रेम सम्बन्ध र बिबाहको चर्चा चलिरहेको छ। उता प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्टको ह्याङ मै छन् फिल्मकर्मी।

यता रणवीर कपुर र आलिया भट्टको प्रेमका गसिपले बलिउड तातेको छ। भारतीय मिडियाका अनुसार रणवीर र आलिया प्रेम सम्बन्धमा छन्। पछिल्लो समय यो जोडी बिबाह भोजदेखी पारिवारिक जमघटमा एकसाथ देखिन थालेका छन्। विभिन्न फिल्मका कार्यक्रममा पुग्न थालेका छन्।

फिल्म 'ब्रम्हास्त्र'बाट आलिया र रणवीर नजिक भएका हुन्। यो उनीहरुको नयाँ फिल्म हो। फिल्मले उनीहरुलाई नजिक बनाएको हो। फिल्म लागि भनेर दुवैजना एकअर्कासँग समय बिताइरहेका छन्। अभिनेता रणवीर कपुरसँग फिल्म गर्ने अधिकांश अभिनेत्रीहरुसँग प्रेमको गसिप चल्नु खासै नयाँ कुरा होइन।

तर यसपाली भने रणवीर आफै पनि आलियालाई लिएर गम्भिर बनेका छन्। उनीहरुले आफुनो प्रेम सम्बन्ध मिडियाबाट लुकाएका छन्। तर लुकीलुकी भेट्न छाडेका छैनन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell