PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सांसद बडुको ध्यानाकर्षण- निर्मला पन्त 'उच्च पहुँचवाला' बलात्कारी नछाडियोस



पहिलोपोस्ट

सांसद बडुको ध्यानाकर्षण- निर्मला पन्त 'उच्च पहुँचवाला' बलात्कारी नछाडियोस

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले निर्मला पन्तका हत्याको विषयमा सरकार तथा संसद्को ध्यानाकर्षण गराएका छन्। 

कञ्चनपुर घटनामा सुरु देखि सरकारले गम्भीर रूपमा नलिएको भन्दै त्यही कारणबाट एक जना किशोरकोसमेत ज्यान गएको जानकारी दिए। सोमवार बसेको संसद्को बैठकमा जरुरी महत्त्वको विषयमा राख्न समय माग गरी सांसद बडुले कञ्चनपुर घटनाको स्थलगत अनुमगन गरी फर्किएका सांसद बडुले स्थलगत अनुगमनबारे जानकारी गराउँदै दोषीलाई कारबाही गर्नसमेत माग गरे। 

उनले उच्च पहुँचबाला बलात्कारी भए पनि छोड्न नहुने चेतावनी स्थानीयवासीले दिएको भन्दै बडुले भने,‘कञ्चनपुरमा थप आन्दोलन गर्न नपरोस् भनेर सरकारलाई कञ्चनपुर बासीको आग्रह छ।’

बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया पन्तको घटनामा प्रहरी प्रशासन नै शंकाको घेरामा रहेको भन्दै उनले उच्च स्तरीय छानबिन समितिमाथि सबैको ध्यान केन्द्रित भएको बताए।

पन्त हत्याको घटनामा वम परिवार शंकाको घेरामा रहेको बताउँदै उनले भने, ‘निर्मला-रोशनी वमको घरमा गएको साँझ छोरी नआएपछि उनकी आमा बमको घरमा खोज्न जाँदा कम्पाउण्डमा पस्न नदिएको र वम परिवारले यस बारे नसोध्न भनेको जानकारी पाइयो। प्रहरीको तर्फबाट ध्यान नदिइएको। जेठी बहिनी बविता वमले साइकल रहेको वरिपरि नै लास होला भनी जानकारी दिनु। भीमदत्त नगरपालिकाका निर्वाचित मेयरले आउन नमानेको। उखु बारीमा सर्पले टोकेर मृत्यु भएको भनेर प्रतिक्रिया दिएको घटनाले पन्तको घटना शंकास्पद रहको छ।’

उनले प्रहरीले घटनाको ढाकछोप गर्दै मागेर हिँड्ने गरेको व्यक्तिलाई प्रहरीले देखाएपछि झन् स्थानीय बासी आन्दोलित भएको बताए। 
 ‘जो कोही उच्च पहुँचवालालाई भए पनि नछुट्ने र निर्दोष कोही पनि नपर्ने गरी अनुसन्धानलाई सहयोग गर्न हाललाई आन्दोलन स्थगित भएको छ। वास्तविक दोषी पत्ता नलगाई यस पटक पनि ढाकछोपको प्रयास भएको देखिएमा न्यायका लागि पुन: सम्पूर्ण जनता सशक्त आन्दोलनमा उत्रने सर्वसम्मत निर्णय भएको छ,' सांसद बडुले भने। 

उनले जनता थप आन्दोलनमा जानु पर्ने अवस्था सिर्जना भए थफ क्षति पुग्ने भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell