PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आधीअबाधी महिला भलिबल लिग असोज १३ गतेदेखि हुने, ट्रफी र गुडविल एम्बासडर सार्वजनिक

आधीअबाधी महिला भलिबल लिग असोज १३ गतेदेखि हुने, ट्रफी र गुडविल एम्बासडर सार्वजनिक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल भलिबल एसोसिएसन (एनभीए) र नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा हुने 'आधीअबाधी महिला भलिबल लिग' असोज १३ गतेदेखि १७ गतेसम्म हुने भएको छ।

मंगलवार एनभीएले ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगिताको मिती समेत सार्वजनिक गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पाँच दिने प्रतियोगिताको विजेताले नगद ६ लाख पुरस्कार प्राप्त गर्नेछन् जुन नेपालको भलिबलमा सर्वाधिक नगद पुरस्कार हो।

यस्तै सोमवारै लिगको ट्रफी समेत सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागी हुने ६ मध्ये ४ टिमका गुडविल एम्बासडरसहित एनीभएका अध्यक्ष मनोरन्जन रमण शर्मा र आधीअबाधी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे। लिगको विजेताले गोल्डेन ट्रफी पाउनेछन्।

लिगमा सहभागी ६ वटै टिममा भारतीय कलाकारहरु गुडविल एम्बासडरका रुपमा रहनेछन्। प्रतियोगितालाई ग्लामरस बनाउन हरेक टोलीमा गुडविल एम्बासडर राखेको एनभीएका महासचिव जितेन्द्र बहादुर चन्दले बताए।

लिगमा तीन विभागीय क्लब पुलिस, एपीएफर आर्मीका साथै चितवन टाइग्रेस, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन्। यसअघि काठमाडौँ क्विन्स टिम रहने बताएपनि त्यसको स्थानमा न्यू डायमण्डलाई राखिएको चन्दले जानकारी दिए। न्यू डायमण्ड प्रोफेसनल क्लब रहेको, नेपालको महिला भलिबलमा महत्वपूर्ण हिस्सा रहेको र तीन विभाऊय टिम समेत खेल्न लागेकोले आधीअबाधी फाउण्डेसनसँग सल्लाह गरेर डायमण्डलाई समावेश गरिएको चन्दले बताए।

सोमवार ट्रफी सार्वजनिक कार्यक्रममा चार टोलीका गुडविल एम्बासडर मात्र उपस्थित थिए। पुजा गौर (चितवन टाइग्रेस), सोनिया शर्मा (त्रिभुवन आर्मी), रिसिका सिंह (एपीएफ) र ऋतु दुधानी (न्यू डायमण्ड) उपस्थित थिए।  लभिना टण्डन (पुलिस) र प्राची तेहलन (पोखरा) भने हाल सुटिङमा व्यस्त रहेका कारण काठमाडौँ आउन नसकेको प्रतियोगिताको निर्देशक समेत रहेका एनभीएका महासचिव चन्दले जानकारी दिए।

उनीहरु प्रतियोगिता अवधीभर नेपालमा रहने आधीअबाधी फाउण्डेसनका सिइओ दिनेश सिंहले बताए। सिंहले प्रतियोगिताको तयारी ५० प्रतिशत सकिएको बताए।

यस्तै प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइनेछ। समूह ए मा चितवन, न्यू डायमण्ड र बर्मी छन् भने समूह बी मा पुलिस, एपीएफ र पोखरा छन्। दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।

सहभागी टिमले ३-३ जना विदेशी खेलाडी समेत राख्न पाउनेछन्। नेपाली खेलाडीलाई सिक्ने अवसर प्रदान गर्न र लिगको आकर्षण बढाउन विदेशी खेलाडी राख्न लागेको सिंहले जानकारी दिए।

प्रतियोगिता आयोजना गर्न एनभीए र आधीअबाधीले यसअघि नै दश वर्षको सम्झौता गरिसकेको छ। जसअनुसार आधीअबाधीले एनभीएलाई प्रत्येक वर्ष नगद १५ लाख प्रदान गर्नेछ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell