
काठमाडौँ : नेपाल र हङकङबीच हुने खेलमा पराजित हुने टोली एसिया कप छनोटको फाइनलमा पुग्नेछैन। त्यसैले दुवै टोली मंगलवार हुने खेलमा स्पष्ट जितको खोजीमा हुनेछ।
मलेसियामा भइरहेको एसिया कप छनोटको फाइनलमा पुग्न दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता छ। नेपाललाई अझ राम्रो रनरेटमा जित्नुपर्ने बाध्यता छ। त्यसलै मात्र पनि पुग्दैन नेपाललाई अर्को खेलमा ओमानले पनि युएईलाई हराउनुपर्नेछ। उता हङकङ नेपाललाई पराजित गरेमा करिब फाइनल पुग्नेछ।
छनोटअन्तर्गत मंगलवार यी दुवै खेल एकैपटक हुनेछ। सहभागी ६ मध्ये आयोजक मलेसिया र सिंगापुर फाइनल होडबाट बाहिरिसकेका छन् भने बाँकी चार टिम फाइनल पुग्ने होडमा छन्। तर कुनै पनि टिमले फाइनलमा स्थान सुरक्षित गरिसकेको छैन।
छनोटको एक्लो अपराजित टोली ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने ६ अंक जोडेको युएई दोस्रो र ४ हङकङ ५ अंकसहित तेस्रो स्थानमा छ। ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ। ओमानलाई फाइनल पुग्न १ अंक मात्र आवश्यक छ भने नेपालको हकमा समिकरण अली कठिन छ।
त्यसैले नेपालले अन्तिम खेलमा हङकङलाई हराएर मात्र पनि पुग्दैन युएई ओमानसँग हार्नैपर्छ।
छनोटअघि नेपाललाई फाइनलको प्रबल दाबेदार मानिएपछि सुरुको दुई खेलमै पराजय बेहवरेपछि नेपाल पछि परेको थियो। त्यसयता भने नेपालले लगातार दुई खेल जित्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ। उता पहिलो खेलमा मलेसियासँग अप्रत्यास रुपमा पराजित भएको हङकङले युएईलाई १८२ रनले हराउँदै शानदार कमब्याक गर्यो। त्यसपछि सिंगापुलाई सहजै हरायो। आइतवार ओमान विरुद्धको खेलमा जितको लागि सहज अवस्थामा रहेपनि वर्षाका कारण खेल रद्ध भएपछि हङकङले ओमानसँग अंक बाँड्नुपर्यो।
अब हङकङको लक्ष्य पनि नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउनु हुनेछ।
नेपाल र हङकङ पछिल्लो पटक गत मार्थमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा भिडेका थिए। जहाँ नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै ओडिआई स्ट्याटस पाउने बाटो खोलेको थियो। हङकङ भने उक्त हारपछि ओडिआई स्टयाटस गुमाएर डिभिजन टु मा झर्यो।
नेपाल र हङकङबीच अहिलेसम्म १२ खेल भएको छ। जहाँ नेपालले ७ तथा हङकङले ५ खेल जितेको छ।
नेपाल भर्सेस हङकङ हेड टु हेड
कुल खेल : १२
नेपाल विजयी : ७
हङकङ विजयी : ५
१९९६ एसीसी ट्रफी इलाइट
नेपाल १३७ -४९ ओभर हङकङ १३९/४ -३३.३ ओभर
हङकङ ६ विकेटले विजयी
१९९८ एसीसी ट्रफी इलाइट
नेपाल १५० -३८ ओभर हङकङ १५४/४ -२८.१ ओभर
हङकङ ६ विकेटले विजयी
२००० एसीसी ट्रफी इलाइट
हङकङ २६८/३ -५० ओभर नेपाल ८९ रनमै अलआउट २४ ओभर
हङकङ १७९ रनले विजयी
२००६ एसीसी ट्रफी इलाइट
नेपाल २११/७ -५० ओभर -१२४ ४३.३ ओभर
नेपाल ८७ रनले विजयी
२००८ एसीसी ट्रफी इलाइट
नेपाल २४५/७ -५० ओभर हङकङ २०१/९ -५०ओभर
नेपाल ४४ रनले विजयी
२०१० एसीसी ट्रफी इलाइट
नेपाल २३६/७ -५० ओभर हङकङ ११८ -३३.४ ओभर
नेपाल ११८ रनले विजयी
२०१२ एसीसी ट्रफी इलाइट
नेपाल २२५/५ ५० ओभर, हङकङ १०० -३७ ओभर
नेपाल १२५ रनले विजयी
२०१४ एसीसी प्रिमियर लिग
हङकङ १८१ -४१.५ नेपाल १४७/३ -३४.१
नेपाल डिएलमा ७ विकेटले विजयी
२०१४ वर्ल्डकप क्वालिफायर
नेपाल १५० -४९.३ ओभर हङकङ १५४ -३३.२ ओभर
हङकङ १० विकेटले विजयी
२०१७ एसीसी इमर्जिङ कप
हङकङ २१४ -५० ओभर नेपाल २२०/३ -४४.२ ओभर
नेपाल ७ विकेटले विजयी
२०१७ डब्लुसिएल
हङकङ १९४ -५० ओभर नेपाल १११ -३४.५ ओभर
हङकङ ८३ रनले विजयी
२०१८ वान डे वर्ल्डकप क्वालिफायर
हङकङ १५३ -४८.२ ओभर नेपाल १५५/५ -४०.४ ओभर
नेपाल ५ विकेटले विजयी