PahiloPost

May 16, 2026 | २ जेठ २०८३

झापामा 'बस स्टप', कुञ्जमा 'वासुदेव'



पहिलोपोस्ट

झापामा 'बस स्टप', कुञ्जमा 'वासुदेव'

काठमाडौं : परिवर्तन थियटर झापाको प्रस्तुतिमा नाटक ‘बस स्टप’ मञ्चन सुरु भएको छ।

काँकरभिट्टाको टाउनहलमा भदौ १८ देखी नाटक मञ्चन सुरु भएको हो। सागर खातीको परिकल्पना तथा निर्देशनमा यो नाटक तयार भएको हो। यो अमेरिकन नाटककार विलियमको 'बस स्टप'को अङ्ग्रेजी अनुवादित नाटक हो। नाटक भदौ २४ सम्म मञ्चन हुनेछ।

त्यस्तै काठमाडौंको कुञ्ज थियटरमा भने नाटक 'वासुदेव' मञ्चन भइरहेको छ। नाटकमा युवावस्थामा आई पर्ने क्यौँ अन्योल र परिपक्वता विचको बेजोड सघंर्ष प्रस्तुत गरिएको छ। 

भदौ १५ देखी ३१ गतेसम्म नाटक मञ्चन हुनेछ। नाटकलाई सन्दीप श्रेष्ठ र नविन भट्टले निर्देशन गरेका हुन्। नाटकमा आयुष प्याकुरेल, सन्दीप श्रेष्ठ, सुरभि सापकोटा र आभा नेपालको अभिनय छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell