PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

लाखे नाच हेर्दाहेर्दै मञ्चको छत भत्किँदा तीन जना घाइते



पी बी खड्का

लाखे नाच हेर्दाहेर्दै मञ्चको छत भत्किँदा तीन जना घाइते

जाजरकोट: जाजरकोटमा एक सार्वजनिक मञ्चको पक्की छत भत्किँदा तीन जना घाइते भएका छन्। जाजरकोट सदरमुकाम खलङ्गामा भइरहेको लाखे नाँच हेर्दै गर्दा गौरीखाली सार्वजनिक मञ्चको छत भत्किएको हो।

उक्त छत भत्किँदा भेरी नगरपालिका ४ की अनिता थापा, सोही ठाउँकी मेनुका शाही र कुशे गाउँपालिका–३ सुनिता कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख लोकबहादुर विष्टले जानकारी दिए।
 
विगतका वर्षझै यस वर्ष पनि मनाउँदै आएको लाखे जात्रा हेर्न आएका छतबाट खसेका हुन्। घाइते तिनै जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पुर्‍याईएको छ। जाजरकोटमा नेवार समूदायको प्रचलित लाखे नाच विगतका वर्षदेखि नाचिदै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell