PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एलेस्टेर कुकद्वारा सन्यासको घोषणा



पहिलोपोस्ट

एलेस्टेर कुकद्वारा सन्यासको घोषणा

इंग्लिस क्रिकेट एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। भारत विरुद्ध हुने ओभल टेष्टपछि उनले टेष्ट क्रिकेट छाड्ने बताएका हुन्।

टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा छैटौँ स्थानमा रहेका कुक पछिल्लो समय खराम फर्ममा थिए।

'मैले सोचेको भन्दा धेरै कुरा प्राप्त गरेँ र यती धेरै समय उत्कृष्ट क्रिकेटरसँग इंग्लिस टिमका लागि खेल्न पाउँदा खुशी छु।' कुकले भने।

इंग्ल्याण्डका लागि टेष्टमा सर्वाधिक रन बनाउने खेलाडी रहेको उनले ५९ टेष्टमा कप्तानी समेत गरेका थिए।

भर्खरै ३३ वर्षका मात्र भएका कुकले यस वर्ष खेलेका ९ टेष्टमा जम्मा १८.६२ को औषतमा रन बनाएका छन्। कुकले १६० टेष्टमा ४४.८८ को औषतमा १२ हजार २५४ रन बनाएका छन्। उनले टेष्टमा ३२ शतक र ५६ अर्धशतक प्रहार गरेका छन्।

कुकले सन् २००६ मा भारत विरुद्ध टेष्टमा डेब्यु गरेका थिए। २००६ मै श्रीलंका विंरुद्ध वानडे मा डेब्यु गरेका कुकले पछिल्लो पटक २०१४ मा श्रीलंका विरुद्ध नै अन्तिम वान डे खेलेका थिए। उनले ९२ वान डे मा ५ शतकसहित ३ हजार २०४ रन बनाएका छन्।

सन् २००७ देखि २००९ सम्म ४ वटा मात्र टी-२० इन्टरनेशनल खेलेका कुकले जम्मा ६१ रन मात्र बनाएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell