PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एन्फाको सल्लाहकार समितीमा सुरज बैद्य



पहिलोपोस्ट

एन्फाको सल्लाहकार समितीमा सुरज बैद्य

काठमाडौँ : अखिल नेपाल फुटबल संई एन्फाले चर्चित व्यापारी सुरज बैद्यलाई एन्फाको सल्लाहकार समितीमा राखेको छ।

बैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिका प्रमुख रहेका सुरज बैद्य एफएनसीसीआईका पूर्व अध्यक्ष समेत हुन्।

नेपाली फुटबलमा परिवर्तन गर्नुपर्छ भनेर लागेको एन्फाको नयाँ टिमले विभिन्न समितीहरु बनाउँदै त्यसको संयोजकहरु तोक्दै आएको छ। त्यसै अन्तर्ग व्यमापारी वैद्यलाई सल्लाहकार समितीमा राखेको एन्फाले जनाएको छ।

सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैद्यलाई सल्लाहकारमा मनोनित भएको प्रमाणपत्र हस्तान्तरण गर्दै स्वागत गरेका छन्।

यस्तै एन्फा र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) बीच फुटलबमार्फत दिगो विकासका लागि सहकार्य गर्ने सम्झौता समेत भएको छ। उक्त सम्झौतामा एन्फा अध्यक्ष कर्मा र  युएनडीपीका कन्ट्री म्यानेजर रेनोड मेयरले हस्ताक्षर गरे।

युएनडीपीको दिगो विकास कार्यक्रम अन्तर्गत रहेको १७ योजनाहरुमध्ये फुटबलको माध्यमबाट हुन सक्ने सामाजिक उत्तरदायित्वमा सहकार्य गरिने एन्फाले जनाएको छ।

एन्फा अध्यक्ष कर्माले फुटबल खेलको लोकप्रियतामार्फत देश र समाजमा सकारात्मक सन्देश दिदै राष्ट्र प्रतीको सामाजिक उत्तरदायित्व बहन गर्ने सुरुवात गरेको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell