PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

रोज र रामकहानी एकै दिन लाग्दै, पूजा भन्छिन् 'प्रदीपले बाजी मार्छ'



पहिलोपोस्ट

रोज र रामकहानी एकै दिन लाग्दै, पूजा भन्छिन् 'प्रदीपले बाजी मार्छ'

काठमाडौं : आगामी शुक्रवार दुई फिल्महरु एकसाथ प्रदर्शनमा छन्। प्रदीप खड्काको ‘रोज’ र अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ एकै दिनमा प्रदर्शनमा आउँदै छन्।

डेब्यू फिल्महरु असफल भएपनि पूजा र प्रदीप अभिनित ‘प्रेमगीत’ सफल फिल्म बन्यो। यसै फिल्मले दुबैलाई दर्शकमा परिचित बनायो। यो पूजाको सातौं फिल्‍म हो।  

पूजा र प्रदीप अहिले फिल्मको प्रचारमा व्यस्त छन्। फिल्म क्षेत्रमा उनी दुइको सम्बन्ध फिल्म ‘प्रेमगीत’ गरेपछि नै बिग्रिएको चर्चा छ। पछिल्लो समय ‘रामकहानी’ र ‘रोज’ निर्माण टिमबीच फिल्मलाई लिएर विवाद पनि भए। पूजाले विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई ‘रोज’ टिमसँग जोडेर स्टेटस लेखेकी थिइन्। 

दुबैका फिल्म प्रदर्शनको संघारमा छ। पूजाले दुबै फिल्म चलोस् भन्ने इच्छा व्यक्त गरेकी छिन्। फिल्मबारे भनिन् ‘दुबैका फिल्म चल्नुपर्छ। प्रदीपको राम्रो छ उसको फिल्मले बाजी मार्छ। अब दर्शकले कसलाई रुचाउनुहुन्छ भन्नेमा पनि भर पर्छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell